काठमाडौँ । होटल एशोसियन अफ नेपाल (हान)ले आफ्नो २ हजार सदस्य होटलमा पर्यटन दिवशको अवसरमा २० प्रतिशत विशेष छुटको अफर ल्याएको छ ।
विदेशी पाहुनको वसाईलाई सुखद बनाउन तथा आतिथ्य सत्कार प्रदान गरी नेपालको प्रवद्र्धन गर्ने उद्देश्यले छुटको व्यवस्था गरिएको हानका महासचिव विनायक शाहले जानकारी दिए ।
२० प्रतिशत छुटको अफर होटलको खाना र विशेषगरी नेपाली रैथाने खानामा हुने भएको जनाएको छ । सो छुटको कुपन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हानको काउन्टरले वितरण गर्नेछ ।
सेप्टेम्बार २८ र २९ गतेसम्म यस्तो ‘अफर’ उपयोग गर्न सकिने छ । राजधानी काठमाडौँ मात्र नभइ देशभरका होटलमा छुटको व्यवस्था गरिएको हानले जनाएको छ ।
यसैबीच राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलका विभिन्न छुटको व्यवस्था गरेको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ ।
सो अवसरमा सडक सांस्कृत महोत्सवका साथै रात्रीकालिन सेवामा २० प्रतिशत छुटको व्यवस्था गरेको परिषद्का अध्यक्ष समीर गुरुङले जानकारी दिए ।
‘टुरिजम एण्ड दी डिजिटल ट्रान्सफर्मेशन’ भन्ने नाराका साथ सरकार तथा निजी क्षेत्रका पर्यटकीय सङ्घ संस्थाको साझेदारीमा यही सेप्टेम्बार २७ मा विविध कार्यक्रमसहित दिवस मनाइँदैछ ।
सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ ।
Categorized in बजार