काठमाडौं । रुकुमपुर्वका जिल्ला कारागार विहिन भएको छ ।
जिल्लामा कारागारको व्यवस्था नहँुदा जिल्लाका कैदीबन्दीलाई रुकुम पश्चिमको कारागार पठाउनुपर्ने अवस्था भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले बताएका छन् ।
जिल्ला अदालत स्थापना भएयता १५ कैदीबन्दीलाई रुकुम पश्चिम पठाइएका प्रहरी नायव निरिक्षक तिम्सिनाले जानकारी दिएका छन् ।
कैदी थपिदा समस्या भएको रुकुम पश्चिम कारागारका जेलर लोकबहादुर घर्तील बए ।
प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले कारागार स्थापनाका लागि गृहमन्त्रालय तथा कारागार व्यवस्थापन विभागमा पटक पटक ताकेता गर्दै आएका बताए ।
गत बर्ष रुकूमपूर्वले छुट्टै जिल्लाको मान्यता पाएको थियो ।
Categorized in समाज