१३ भाद्र २०८३, शनिबार
Header

२५६२ औं बुद्ध जयन्तीको अवसरमा उप—राष्ट्रपति पुनको प्रमुख आतिथ्यमा आयोजित वृहत बौद्ध सभा सञ्चालन


प्रकाशित: प्रकासित ः सोमबार, १७ बैशाख २०७५, ९ः४३ बजे
- जेम्सज्वेलरीखवर

काठमाडौं । २५६२ औं बुद्ध जयन्ती (स्वर्ण महोत्सव) मूल समारोह समितिको आयोजनमा उप—राष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यमा वृहत बौद्ध सभा सम्पन्न भयो । समारोह समितिका अध्यक्ष अशोक बज्राचार्यको सभापतित्वमा आयोजित सो सभामा अखिल नेपाल भिक्षु महासंघका उप संघनायक भिक्षु ञानपूण्णिक महास्थविरले पञ्चशिल प्रदान गर्नु भएको थियो भने भिक्षु कौण्डन्य महास्थविरले धर्मदेशना गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा गरू गुणसागरले मंगलसूत्र पाठ गर्नुभएको सभामा परम्परागत धाःबाजा प्रस्तुत गरिनुका साथै स्थानीय महिला समूहहरूबाट स्वागत गान प्रस्तुत गरिएको थियो । सो सभामा सप्तरत्न बज्राचार्य तथा राजेश बज्राचार्यबाट स्वस्ति वाक्य वाचन गरिएको कार्यक्रममा स्मारिका बिमोचन पनि गरिएको थियो । प्रमुख अतिथि उपराष्ट्रपति पुनको सम्वोधन पश्चात कार्यक्रमको स्मरण चिन्ह अर्पण गरिएको थियो । सभाका सभापति मूल समारोह समितिका अध्यक्ष अशोक बज्राचार्यले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा दत्तनाम महाविहारका जेष्ठ स्थविर सर्वग्यराज बज्राचार्य तथा योंकुली महाविहारका जेष्ठ स्थविर भाईरत्न शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जनका लगायतको विशेष उपस्थित रहेको थियो । सभामो पनि उपस्थिति रहेको थियो । दत्तनाम महाविहार तथा योंकुली महाविहार, दौबहालको आयोजनामा भएका उक्त कार्यक्रममा मूल समारोह समितिका प्रथम उपाध्यक्ष राजभाई शाक्यले धन्यवाद मन्तव्य राख्दै सभा विसर्जन गर्नुभएको थियो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex