काठमाडौं । एसिड आक्रमणमा परि घाईत भएकी रौतहटकी सम्झना दासको उपचारको क्रममा आईतवार निधन भएको छ ।
कीर्तीपुर अस्पतालमा गएराती निधन भएको प्रहरीले बताएको छ । गत भाद्र २६ गते एसिड आक्रमणमा उनीसँगै उनकी बहिनी सुस्मिता घाईते भएकी थिईन ।
उनीहरुलाई स्थानीय रामबाबु पासवानले दिदी बहिनीमाथि एसिड आक्रमण गरेको प्रहरीले जनाएको छ ।
पासवानले एकतर्फी रुपमा सम्झनालाई गरेको प्रेम प्रस्ताव अस्विकार गरेपछि एसिड प्रहार गरेको पासवानले प्रहरीलाई बताएका छन ।
बहिनी सुस्मिताको भने उपचार भइरहेको छ ।
Categorized in समाज