४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरका गैरसरकारी संस्था अनलाईन प्रविधिमा


प्रकाशित: आईतबार, ०७ असोज २०७५, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा रहेको गैरसकारी संघ, संस्थालाई अनलाईन प्रविधिमा लैजाने तयारी गरिरहेको जनाएको छ । 


महानगर क्षेत्रभित्र ४ हजारको संख्यामा गैरसरकारी संघ, संस्था रहेका छन् । 


कामपाको सूचना प्रविधि महाशाखा प्रमुख धु्रव काफ्लेका अनुसार केही दिन भित्र संघ, संस्थालाई अनलाईन प्रक्रियामा लैजाने भएको छ । 


अब ती सबैले र आगामी दिनमा दर्ता हुन आउने गैरसरकारी संस्थाहरुले पनि आफ्नो सबै काम कारवाही अनलाइनमार्फत देखाउनु पर्नेछ । 


संस्थाले दैनिकी कामको प्रगति विवरण, कुन काम कहिले र कहाँ गरिएको हो, कति समय लाग्यो, उक्त कामको लागिकति खर्च गर्नुप¥यो, कार्यक्रम गर्नका लागि खर्चको स्रोत लगायतका सम्पूर्ण कामको जानकारी अनलाइन मार्फत कामपालाई गराउनु पर्नेछ । 
यस प्रणालीबाट गैससले सञ्चालन गर्ने कार्यक्रम प्राप्त गर्ने, स्कीकृत गर्ने तथा स्वीकृत भएको कार्यक्रमसम्बन्धी जानकारी सेवाग्राहीलाई इमेलबाट पठाउने लक्ष्य छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex