काठमाडौं । नेपाल भाषाको विकास, प्रवद्र्धन तथा सुचना संकलित गर्ने उद्देश्यले स्थापित नेवाः सुचना केन्द्रको शनिवार बार्षिक कार्यक्रम सम्पन्न भएका छ ।
ललितपुरको साटोआकी भवनमा आयोजित सो कार्यक्रममा नेवाः सुचना केन्द्रको बृहत विकासको लागि नेवार समुदायका संघ, संस्था, बुद्धिजीवी, पत्रकार सबै एकजुट भई सुचना विकासमा लाग्न जरुरी भएको वक्ताहरुले बताएका छन् ।
सो कार्यक्रममा नेवा ः सुचना केन्द्रको स्थापना कालदेखि हालसम्म सुचना संकलनमा के कति सफलता प्राप्त गरेको छ र आगामी दिनमा केन्द्रको विकासको सहभागी वक्ताहरुले सुझाव दिएका थिए ।

सो कार्यक्रममा केन्द्रलाई पहिलो सुचना दिने उपन्यासाकार मथुरा सायमिलाई सम्मान गरेको थियो । त्यसैगरी केन्द्रलाई सबैभन्दा बढि सुचना प्रवाह गर्ने नेपालभाषा बहुउद्देश्यी सफू सहकारी संस्था लि.लाई सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अथिति नरेन्द्र श्रेष्ठ, संस्थका संयोजक राजेन्द्र रञ्वित, विशेष अथिती नेवाः देय् दबु अध्यक्ष नरेश ताम्राकार, भाषा सेवी प्रा. नर्मदेश्वर ताम्रकार, नेवाः बुद्धिजीवी डा. महेश मान श्रेष्ठ लागायतको उपस्थिीती रहेको थियो ।
त्यसैगरी सुचना दिने अन्यलाई पनि दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
तस्वीर महानगरखवरको लागि रवि महर्जन
Categorized in समाज