१२ भाद्र २०८३, शुक्रबार
Header

३३ केजी सुन प्रकरणमा धमाधम प्रहरी अधिकृतहरु ताँनिदै  सनम शक्यको शव बरामद गर्ने डिएसपी प्रजित केसी पक्राउ


प्रकाशित: प्रकासित ः आईतवार, १६ बैशाख २०७५, १९ः०७ बजे
- जेम्सज्वेलरीखवर



काठमाडौं । तस्करीकोे ३३ केजी सुन प्रकरणमा छानविन समितिले धमाधम प्रहरी अधिकृतहरुलाई नियन्त्रणमा लिन थालेको छ । 


समितिको अनुसन्धानमा ३३ केजी सुन प्रकरणमा हत्या भएको सनम शाक्यको शव बरामद गर्ने अपराध महाशाखाको तत्कालिन टोलीका डिएसपी प्रजित केसी पनि शंकाको घेरामा परेका छन् । 


प्रहरीले घटनाको अनुसन्धान गर्न गठित समितिले आइतबार बयान लिएपछि  डिएसपी केसीलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ ।

 
उनीमाथि जिल्ला अदालत, मोरङबाट कर्तव्य ज्यान र संगठित अपराधमा ३ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।


प्रहरीले टोलीमा रहेका सई बालकृष्ण सञ्जेललाई पनि प्रहरी नियन्त्रणमै छन् । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex