काठमाडौं । सार्वजनिक यातायातका सावारी साधानको भाडामा १० बृद्धि गर्न सरकार सहमत भएको छ ।
शनिवार राष्ट्रिय यातायात व्यवसायी महासंघ र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय विच भएको बार्तामा सो सहमति कायम भएको हो ।
पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता नलिएको भन्दै यातायात व्यवासयीले दशैँको लागि अग्रिम टिकट बुकिङकै रोकेपछि सरकार भाडा दर बृद्धि गर्न सहमत भएको हो ।
यो सहमतिअनुसार भोलिबाटै नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई भनिएको छ ।
त्यसैगरी समय सापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्ने र मंसिर २९ सम्म भाडा समायोजन गर्ने, अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति ( मिती तय नभएको ), सरकारले रोकको समितिको बैंक खाताबाट समितिको अनिवार्य खर्च भुक्तानी गर्ने सहमति लगायत भएको छ ।
Categorized in समाज