काठमाडौँ । नेपाल टेलिभिजनले शनिवारबाट संस्कृत भाषामा समाचार प्रशारण सुरु गरको छ ।
प्रत्येक शनिबार बिहान ९ बजे प्रसारण हुने नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए ।
समाचारले संस्कृत भाषाको प्रवद्र्धन र संरक्षणका साथै बहुभाषिक पहिचानयुक्त नेपालको भावनालाई राष्ट्रको प्रसारण संस्थाका तर्फबाट सम्बोधनको पहल हुने डा. विष्टको भनाई छ ।
टेलिभिजनले थारु, लिम्बू, भोजपुरी, मैथिली, नेवारी, अवधि भाषामा नियमित कार्यक्रम तथा नेपाली, अङ्ग्रेजी र साङ्केतिक भाषामा समाचार प्रसारण गर्दै आएको छ ।
यस अघि विसं २०५२ मा पहिलोपटक रेडियो नेपालले संस्कृत भाषामा समाचार प्रसारण शुरु गरेको थियो ।
Categorized in समाज