काठमाडौं । सिन्धुलीको दूधौली नगरपालिकाले एक युवालाई पक्राउ गर्न दवाव दिन स्थानीयले सडक अवरुद्ध पार्न बाध्य हुनु प¥यो ।
स्थानीयले पटक–पटक पक्राउ गर्न आग्रह गरेपनि प्रहरीले आलटाल गरेपछि सडकमा काठका मुढा, ढुङ्गा राखेर सडक नै अवरोध पारेपछि प्रहरीले दिगम्बर शाहलाई पक्राउ गरेको छ ।
स्थानीयका अनुसार नगरपालिकाको युवायुवतीहरुलाई रोजगार दिने नाममा ठगी गरेको भन्दै उनलाई पक्राउ गर्न दवाव सिर्जना गरेको थियो ।
शैक्षिक सामग्री वितरण केन्द्रका नाममा तालीमको आयोजना गर्ने केन्द्रका शाहलाई शुक्रवार पक्राउ गरि शनिवार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा थप अनुसन्धानको लागि ल्याएको हो ।
दूधौली नगरपालिका–२ हत्पते भलुवाहीमा रोजगारीका लागि नेतृत्व विकास तालीम दिने भन्दै सिन्धुलीसहित अन्य जिल्लाका युवायुवतीलाई फसाएको भन्दै स्थानीयवासीले विरोध गरेका थिए ।
शैक्षिक सामग्री वितरण केन्द्रले कर्मचारी आह्वान गरेर हत्पतेको रतनपुर जङ्गलमा तालीमको बाहना गर्दै सिन्धुली, उदयपुर, डडेल्धुरा, बझाङलगायत जिल्लाका २५ जना युवायुवतीलाई बेचबिखन गर्न लागिएको समेत स्थानीयवासीले आरोप लगाएका छन् ।
Categorized in समाज