काठमाडौं । टयाङकर चालकको आन्दोलनले बजारमा पेट्रोलियम पदार्थको अभाव हुन थालेपछि नेपाल आयल निगमले शनिवार थानकोट डिपोबाट ठुलो मात्रामा तेल वितरण गरेको छ ।
थानकोट डिपोबाट शनिबारका लागि ८ लाख २९ हजार लिटर पेट्रोल र ८ लाख ८० हजार लिटर डिजेल वितरण गरिएको निगमले जनाएको छ ।
काठमाडौं उपत्यकामा ठुला परिणाममा इन्धन वितरण गरिएपछि पेट्रोलियम पदार्थिको अभाव पुर्ति हुने जनाएको छ ।
यस अघि शुक्रवार थानकोट डिपोले ५ लाख ८ हजार लिटर पेट्रोल र ५ लाख ३६ हजार लिटर डिजल वितरण गरेको थियो ।
Categorized in बजार