काठमाडौं । विषाक्त रक्सी सेवनका कारण मलेसियामा थप दुई नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा देउराली–८, नवलपरासीका दुर्गा राना र वागमती नगरपालिका–८, सर्लाहीका शंकर ठकुरी रहेका छन ।
मलेसियास्थित नेपाली राजदूतावासका अनुसार उपचारका क्रममा मृत्यु भएको जनाएको छ । यस अघि ६ नेपालीको ज्यान गईसकेको छ ।
मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ८ पुगेको छ ।
अहिले सो मेलसियाको विभिन्न अस्पतालमा १२ जनाको उपचार भईरहेको छ उनीहरुको अवस्था गम्भिर रहेको बुझिएको छ ।
Categorized in समाज