काठमाडौं । अमेरिकाको एक स्थानीय पत्रिकामा हिन्दुहरुको आस्थाका देवता गणेशको चित्र अंकित विज्ञापनलाई लिएर विवाद भएको छ ।
टेक्सासमा बस्ने हिन्दुहरुले भगवान गणेशलाई त्यहाँका राजनीतिक पार्टीहरुले मजाक बनाएको आरोप लगाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकन पार्टीले पत्रिकालाई दिएको विज्ञापनमा भगवान गणेशको प्रयोग गरेको छ ।
विज्ञापनमा सोधिएको छ कि ‘तपाई गधाको पूजा गर्ने कि हाथी को ? छनौट तपाईको’
रिपब्लिकन पार्टीको चुनाव चिन्ह हाती हो भने डेमोक्रेटिकको गधा ।
अमेरिकामा यस विषयमा विवाद बढेपछि रिपव्लिकन पार्टीले माफी मागेको छ । विज्ञापनको उद्देश्य पूजा भन्दा पहिलो मानिसलाई शुभकामना दिनु थियो । यसको उद्देश्य हिन्दुहरुको भावना र उनको संस्कृतिको मजाक उडाउनु होइन । यदि यसकारणले कसैको भावनामा चोट पारेको छ भने हामी माग्छौ भनीएको छ ।
Categorized in अन्तर्राष्ट्रिय