२५ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

आजबाट इन्द्रजात्रा (येँया पुन्हि) शुरु


प्रकाशित: शुक्रबार, ५ असोज २०७५, १५ः०१ बजे
- बुद्धशरण शाही

काठमाडौं । काठमाडौं उपत्यकाको पराम्परागत जात्र इन्द्र जात्रा (येँया पुन्हि) आज (शुक्रबार) बाट सुरु भएको छ । 


काठमाडौ दरवार हनुमानढोकाको कालभैरव अगाडी शुक्रबार विहान साढे आठ बजेको शुभसाईतमा विधिवत रुपमा इन्द्र ध्वजा( यःसिं) ठड्याएसँगै यस बर्षको इन्द्रजात्रा शुरु भएको हो । 


उपत्यकाको काठमाडौं, भक्तपुर, ललितपुरमा नेवारहरुले धुमधामसँग मानाउने गर्दछन भने उपत्यका बाहिरका नेवार बाहुल्य स्थानहरु दोलखा, धुलिखेल लगायतका स्थानमा पनि मनाईन्छ । 


यस जात्रालाई बर्षा र सहकालको देवताको रुपमा पुजा–आराधना गरिने गरिन्छ ।

 

 

तस्वीर बुद्धशरण शाही महानगर खवरको लागि 

 

उपत्यकामा भाद्र शुल्क द्वादशीका दिनदेखि ८ दिनसम्म मनाइने यो पर्वको औपचारिक शुरुवात इन्द्रधजा स्वरुप लिंगो ठड्याएर गरिन्छ । जसलाई नेवार भाषामा यः सिं भनिन्छ । 


नेपाल भाषामा यःसिं भनिने उक्त लिंगोमा मंगल सूचकका विभिन्न चिह्न अङ्कित पताका झुन्ड्याएको हुन्छ । उक्त लिंगो ठड्याएपछि फेंदमा हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिन्छ र लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँछन । 


इन्द्रजात्रा विदेशमा पनि नेवार समुदायहरुले हर्षोउल्लासका साथ मनाउने गरेको पाईन्छ । 

भिडियोको लागि यो लिंकमा क्लिक गर्नुहोस 

https://www.facebook.com/1908604156075058/videos/324444471466907/?t=0

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex