१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

पेट्रोल–डिजेलमा लाग्यो कोटा प्रणाली, कुन सवारी साधनलाई कति ?


प्रकाशित: शुक्रबार, ५ असोज २०७५, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । टयांकर चालकहरुको आन्दोलनले पेट्रोलियम पदार्थमा आफुर्तिमा असहज अवस्था देखिएपछि नेपाल आयाल निगमले कोटा प्रणाली लागु गरेको छ । 


निगमले नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई पत्राचार गरी तोकिए अनुसार तेल वितरण गर्न   निर्देशन दिएको छ । 


निगमका अनुसार मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर, अन्य हल्का सवारी साधन कार, भ्यान, आदीलाई बढीमा १५ लिटर पेट्रोल, डिजेलबाट चल्ने छोटो दुरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म डिजेल उपलब्ध गराउन भनिएको छ ।


त्यसैगरी अति आवश्यक सवाराी सधान एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकताका साथ पेट्रोलियम पदार्थको विक्रि वितरण गर्न निर्देशन दिइएको छ ।


हिजोदेखि काठमाडौंका पेट्रोल पम्पहरुमा सवारी साधानको लाईन लाग्न थालेका छ । पेट्रोलको हाहाकार हुने हल्ला चलेपछि सर्वसाधारण पेट्रोल पम्पहरुमा लाईन बस्न थालेका हुन । 


पेट्रोलियम पदार्थको ढुवानीको मुख्य नाका रक्सौल डिपोबाट २ असोजदेखि एक थोपा इन्धन भित्रिएको छैन । रक्सौल डिपोबाट इन्धन आयात रोकिने बित्तिकै काठमाडौंमा सबभन्दा बढी प्रभाव देखिने गरेको छ ।


टयांकार चालकहरुले बढेको पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै आएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex