४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

बुटवल उपमहानगरपालिद्धारा ‘मेयर युवा इलम’ कार्यक्रम सञ्चालन


प्रकाशित: शुक्रबार, ५ असोज २०७५, १०ः०७ बजे
- महानगरखबर

काठमाडौं । युवा स्वरोजगार बनाउने उद्देश्यले बुटवल उपमहानगरपालिकाले ‘मेयर युवा इलम’ कार्यक्रम संचालन गरेको छ । 


पहिलो चरणमा बुटवलका १९ वटै वडाका ३६५ युवालाई इलम सिकाइने योजना रहेको उपमहानगरपालिकाले जनाएको छ । 


तीन महीने सीप प्रशिक्षणपछि युवाको दक्षताको आधारमा रोजगजारदाताहरुसँग सहकार्यमा रोजगारी समेत दिने उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताएका छन ।


हेभी हाइड्रोलिक सिस्टम (स्काभेटर, डोजर, ग्रेडर, रोलर, भाइब्रेटर) का उपकरणको कामका लागि पहिलो चरणमा २५ युवा छनोट भएका छन । 


त्यसैगरी अटो मेकानिक्सको आधारभूत तालीमका लागि २० युवा, जनरल मेकानिक्समा २२, विल्डिङ सोलार इलेक्ट्रिकल तालीमका लागि ३५ जना छनौट भएका छन् । 


त्यसैगरी होटल म्यानेजमेन्टअन्तर्गतको कुक तालीमका लागि ८३, एसी, रेफ्रिजरेटर मर्मतका लागि ५४ तथा पलम्बिङका लागि २० र फेशन डिजाइनरका लागि १०७ जना यो चरणमा छनोट भएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex