१४ भाद्र २०८३, आइतबार
Header

अरुण तेस्रोमा बम धमाका 


प्रकाशित: प्रकासित ः आईतवार १६ बैशाख २०७५, ९ः५० बजे
- जेम्सज्वेलरीखवर


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिलान्यास गर्ने तयारी भइरहेका  खाँदबारी—९ स्थित तुम्लिङटारमा रहेको अरुण तेस्रो जलविद्युत्त आयोजनाको कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार  गएराति अज्ञात समूहले आयोजनाको कार्यालयमा विस्फोट गराएको जनाएको छ । प्रहरीका अनुसार, विस्फोटबाट कार्यालयको दक्षिणतर्फ सामान्य क्षति भएको छ ।


विस्फोट कसले गरायो भन्नेबारे केही खुलेको छैन । घटनालगत्तै सुरक्षा सतर्कता अपनाइएको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex