४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

कञ्चनपुरमा एक दम्पतीलाई पेस्तोल देखाई कुटपिट


प्रकाशित: विहिवार, ४ असोज २०७५, २२ः१२ बजे
- महानगरखबर

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा एक समूहले कञ्चटमा पेस्तोल देखाएर एक दम्पत्तिलाई कुटपिट गरेको छ । 


विनोद साउँदको समुहले मदिरा सेवन गरी पेस्तोल देखार गोमती कार्की र उनका श्रीमान नरबहादुर कार्कीलाई कञ्चटमा पेस्तोल तेस्र्याएर ज्यान मार्ने धम्की दिनुका साथै कुटपिट गरेको हो । 


साउँदको समूहले घर नजिकै सडक छेउमा बाँधेका गाईलाई चुट्न थालेपछि नचुट्न आग्रह गर्दा पेस्तोल तेस्र्याउँदै ज्यान मार्ने धम्कीसहित आफ्नो श्रीमतीलाई कुटपिट गरेको पीडित कार्कीले बताए ।
कुटपिटबाट नरबहादुरको श्रीमती घाईते भएको छ । उनको स्थानीय अस्पतालमा उपचार भईहरेको जनाएको छ ।


कार्कीले न्यायका लागि अस्थायी प्रहरी पोष्ट वनशाहमा उजुरी दिएका छन । अस्थायी प्रहरी चौकी वनशाहाका प्रहरी सहायक निरीक्षक शङ्कर भट्टले विनोद साउदको समूहको खोजी भइरहेको बताएको छ । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex