४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

विद्यालय अनुमतिपत्र दिन घुस लिएको अारोपमा २ पक्राउ


प्रकाशित: विहिबार, ४ असोज २०७५, २०ः१८ बजे
- महानगरखबर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जबाट विहिबार विद्यालय अनुमतिपत्र दिन घुस लिएको अारोपमा दुई जनालाई पक्राउ गरेको छ । 


आयोगले महानगरपालिकाका शिक्षा समन्वय इकाइका प्रमुख मञ्जुर आलम र शाखा अधिकृत शशिभुषण साहलाई नियन्त्रणमा लिएको हो ।

 
फुर्कान इन्टरनेशनल एकेडमीको अनुमति दिनका लागि आलम र साहले माग गरेको रु पाँच लाखमध्ये रु एक लाख लिन घुस लिने क्रममा अरुण कुमार साहलाई रुपियासहित पक्राउ गरेको हो ।

 
साहले दिएको जानकारीका आधारमा वीरगञ्ज महानगरपालिकाको कार्यालयबाट दुवै जना कर्मचारीलाई नियन्त्रणमा लिएकोे बताइएको छ । 


पक्राउ गरिएका आलम र साहलाई आवश्यक अनुसन्धानका लागि मकवानपुर लगिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex