४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको नयाँ बजारबाट घाँटीबाटै सुनको सिक्री लुटियो


प्रकाशित: विहिवार, ४ असोज २०७५, १८ः५२ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको नयाँ बजार सोतल ग्राउण्डस्थित एक महिलाको घाँटीबाट सुनको सिक्री लुटपाट भएको छ । 


काठमाडौं महानगरपालिका–१६ बस्ने ५५ वर्षीया लिलाकुमारी दवाडीको ३ तोला बराबरको सुनको सिक्री बिहीबार लुटपाट भएको हो । 


प्रहरीका अनुासर हाल अल्फावेट नखुलेको २५५२ नम्बरको मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिहरुले दवाडीको घाँटीमा लगाएको उक्त सिक्री लुटी फरार भएका थिए । 


फरार लुटेराहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex