४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

जलेश्वर कारागारमा एक कैदी मृत्यु


प्रकाशित: विहिबार, ४ असोज २०७५, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । महोत्तरीको जलेश्वर कारागारका गए राती एक कैदीको मृत्यु भएको प्रहरीले जनाएको छ । 


मृत्यु हुनेमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ लक्ष्मीनियाँका ४० बर्षिय रामनरेश शर्मा रहेको कारागार प्रमुख शोभेन्द्र ठाकुरले बताएका छन । 


जर्वजस्ती करणीको मुद्दामा उनी विसं २०७४ साल साउन १६ गतेदेखि उक्त कारागारमा बन्दी जीवन बिताउँदै आएका थिए । 


हिजो बेलुका एपेन्डिसाइट्सका कारण पेट बेस्सरी दुखेपछि उनलाई जलेश्वरस्थित शान्ति सामुदायिक अस्पतालमा उपचारका लागि लगिएकामा राति ९ बजे उपचारकै क्रममा मृत्यु भएको मृत्यु भएको कारगार प्रमुख श्रेष्ठले जानकारी दिए । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex