काठमाडौँ । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा बुधवार नयाँ बानेश्वस्थित काव्य विद्यालयका विद्यार्थीहरुले ८ बर्षिय क्यान्सरपीडित बालक हिमाल पाण्डेलाई २५ हजार आर्थिक सहयोग प्रदान गरेका छन् ।
कान्ति बाल अस्पतालमा उपचार गराइरहेका खोटाङ रावाँबेशी गाउँपालिका–४ ठुम्रे धारापानीका पाण्डेको हाल रक्त क्यान्सरको दोस्रो चरण (एएलएल) को उपचार भइरहेको सम्बद्ध चिकित्सकले जनाएका छन ।
छात्रछात्राका जन्मदिनका अवसरमा सङ्कलित रकममका साथै विष्णु बाँस्कोटा फाउण्डेशन एवं विद्यालय परिवारबाट सङ्कलित सो रकम आयोजित कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य नवराज बाँस्कोटा तथा विद्यालयका बालनायक अनुभव रेग्मीले पीडित बालक पाण्डेलाई प्रदान गरेका थिए ।
काउटका वरिष्ठ शिक्षक बलराम प्यासीले पहलमा सो रकम संकलन भएको जनाएको छ ।
सो अवसरमा संस्थापक प्राचार्य बास्कोटा, संस्थापक निर्देशक सुनिलकुमार घर्ती, रिजन खड्का, शिक्षक गणेशकुमार दाहाल एवं दिलीप लामा तथा विद्यार्थी रोम भट्ट, सृष्टि लामिछाने र आभाश कुइँकेलले संविधानका विविध चर्चा गरेका थिए ।
Categorized in समाज