२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

किड्स फेसन रनवेको ट्यालेन्ट राउन्ड सम्पन्न


प्रकाशित: २०७५ भाद्र ३ बुधबार
- करुण

बालबालिकाहरुको पेजेन्ट नेपाल किड्स फेशन रनवे २०१८को ट्यालेन्ट राउन्ड आज ललितपुरमा सम्पन्न भएको छ । किड्स फेसन रनवे २०१८मा आज जम्मा ३० जना प्रतिस्पर्धीले निर्णायक र अभिभावकहरुको सामु आआफ्नो प्रतिभा प्रस्तुत गरे ।
 

आज सम्पन्न प्रतियोगीताको ट्यालेन्ट राउन्डमा प्रतिस्पर्धी बालबालिकाहरुले गायन, नृत्य, चित्रकला, पियानो, वक्तृत्व कला लगायत विभिन्न प्रतिभा प्रस्तुत गरे । ट्यालेन्ट राउन्डको निर्णायक मण्डलमा संचारकर्मी एवम् गायक सुरजबीर बज्राचार्य, गायिका लसता जोशी, कोरीयोग्राफर अनुप डंगोल, पत्रकार प्रजीत शाक्य र मिस काभ्रे २०१५का फस्ट रनर अप प्रशम्सा मानन्धर थिए ।
 

ट्यालेन्ट राउन्डको नतिजा आउँदो असोज १२ गते शुक्रबार प्रतियोगीताको फाइनल राउन्डमा घोषणा हुनेछ । फाइनल राउन्ड काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा हुन गइरहेको छ । प्रतियोगीतामा ९ देखि १२ वर्षसम्मका ३२ जना बालबालिकाहरुको सहभागीता छ ।  
 

कार्यक्रम रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि. को आयोजनामा हुन गइरहेको हो भने रेडियन्टका डाइरेक्टर साथै इन्टरनेशनल कोरीयोग्राफर राज फैजुले कोरीयोग्राफी गरेका छन् ।
 

फाइनल राउन्डमा उपाधी विजेताले उपाधीको साथमा विभिन्न पुरस्कारको साथै अन्तर्राष्ट्रिय स्पर्धामा सहभागीता जनाउने अवसर पाउने जानकारी आयोजक रेडियन्टका डाइरेक्टर राज फैजुले दिनुभयो । साथमा प्रतिस्पर्धी बालबालिकाहरुलाई विभिन्न सबटाइटलहरुबाट पनि पुरस्कृत गरिने फैजुले बताउनुभयो ।

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika