काठमाडौं । मोरङको पथरी शनिश्चले नगरपालिकाले नगरभित्र घरवारविहीन भएकालाई आवसाको व्यवस्था गर्ने घोषणा गरेको छ ।
बुधवार संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरप्रमुख दिलिपकुमार राईले सो घोषणा गरेका हुन ।
कहीँ जग्गाजमीन नभएर घरबासको समस्या भएकाको पहिचान गरी एकै ठाउँमा बसोबासको व्यवस्था गर्न आवास क्षेत्र खडा गरिने जनकारी दिए । आवास व्यवस्थाका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरेको बताए ।
सो अवसरमा नगरप्रमुख राई, उपप्रमुख यमुना विष्ट (बाँस्तोला) सहितले कार्यालय प्राङ्गणमा झण्डोत्तोलन गरे ।
Categorized in समाज