काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यलय रहेको भवन बागदरवार भत्काउनको लागि खरिद प्रक्रिया सुरु गरेको महानगरले जनाएको छ ।
महानगरका सह–प्रवक्ता नवराज ढकालका अनुसार बागदरवार भत्काउका लागि छिट्टै खरिद प्रक्रियामा जाने भएको छ ।
बागदरवार भत्काउनका लागि हालपाँच निवेदन परेको कामपाले जनाएको छ । तीन तले सो भवनले करीब १८ रोपनी क्षेत्रफल आगोटेको छ । प्रवक्ता ढकालले भत्काउने काम शुरु भएको तीन महीनामा सकिने बताइएको छ । रु एक अर्ब ५० करोडको लागतमा पुनःनिर्माणको काम सुरु गर्ने महानगरको योजना रहेको छ ।
बागदरवार निर्माण ३ बर्षभित्र पुरा गरि प्रयोगमा ल्याउने प्रवक्ता ढकालले बताएको छ ।
बागदरबारमा अब परम्परागत, मध्यकाल र आधुनिक गरी तीन काल खण्डको ढाँचा उपयोग हुने गरी निर्माण गरिने छ ।
Categorized in सम्पदा/संस्कृति