४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौको विभन्न स्थानबाट १५ लाख बराबरको नगद तथा सुन चोरी


प्रकाशित: बुधबार, ३ असोज २०७५, १६ः४४ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको विभन्न स्थानबाट १५ लाख बराबरको नगद तथा सुन चोरी भएको प्रहरीले जनाएको छ । 


काठमाडौं महानगरपालिका–१५ स्वयम्भू कुमारीस्थान डेरा गरी बस्ने लमजुङ भोटसवार गाउँपालिका–७ का दानबहादुर गुरुङको कोठाबाट मंगलबार कोही नभएको अबस्थामा ताल्चा फोडेर नगद ३० हजार रुपैयाँ, सुनका बिभिन्न गहना समेत गरी करीव ३ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।


यसैगरी काठमाडौं महानगरपालिका–३ बसुन्धरा डेरा गरी बस्ने ओखलढुंगा जैसीपातलेकी सुनमाया तामाङको कोठाबाट नगद १ लाख ५० हजार रुपैयाँ र सुनका गहना समेत गरी करीव २ लाख ६६ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार चोरी भएको छ ।

 
यसैगरी काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने लेशबहादुर श्रेष्ठको घरबाट मंगलबार कोही नभएको अवस्थामा नगद ३० हजार रुपैयाँ र सुनका विभिन्न गहना सहित करीव ७ लाख २१ हजार रुपैयाँ बरावरको धनमाल चोरी भएको छ ।


फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex