२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

नुवाकोटका ३ युवती दुई सातादेखि बेपत्ता


प्रकाशित: बुधबार, ३ असोज २०७५, ०९ः०६ बजे
- महानगरखबर

काठमाडौं । नुवाकोटको तादी गाउँपालिका वडा नं. १ उर्लेनी काल्चेका ३ युवति दुई सातादेखि बेपत्ता भएको प्रहरीले जनाएको छ । 


बेपत्तामा हुनेहरुमा काल्चेका १८ वर्षीया शर्मिला भनिने आइती तामाङ, उनकैे फुपू १७ वर्षीया सम्झना तामाङ र उनका साथी १७ वर्षीया हसिना भनिने माया तामाङ रहेका छन् । 


गत भदौ १८ गते तादी–३ खरानीटारमा लाग्ने श्रीकृष्ण जन्माअष्टमीको रथयात्राको जात्रामा सहभागी हुन गएका उनीहरु फर्केर घर नआएको परिवारले बताएका छन् । 


बेपत्ता युवतीहरुको खोजी कार्यको लागि प्रहरीलाई आग्रह गरेपछि मोवाईल लोकेशनको आधारमा प्रहरीले खोजी कार्य तिव्र बनाएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिएका छन् । 


प्रहरीका अनुसार उनीहरुमध्ये दुई जना भारतको सिमातर्फ गएको भन्दै सो क्षेत्रमा खोजी भईरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika