१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

दक्षिण कोरियाका राष्ट्रपति मुन किमलाई भेट्न प्योङयाङ पुगे


प्रकाशित: मंगलबार, २ असोज २०७५, १०ः०४ बजे
- वीवीसी

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इन उत्तरकोरियाको राष्ट्रपति किम जोम उनलाई भेट्न प्योङयाङ पुगेको छ ।


सोमबार तीने दिने भ्रमणको लागि प्योङयाङ पुगेका मुनलाई उत्तर कोरियाली राष्ट्रपतिले विशेष स्वागत सत्कार गरेका थिए । 


उत्तर कोरियाली सेनाको स्वागत धुनबीच किम एयरपोर्टमा बिच्याइएको रातो कार्पेटबाट मुन चढेको जहाजतर्फ स्वागत गर्न अगाडि बढेका थिए ।


मुनको भ्रमणको मुख्य उदेश्य उत्तर कोरिया र अमेरिकाबीच सुरु भएको आणविक निशस्त्रिकरण वार्ता देखिएको समस्यालाई सुचारु गराउन रहेको जनाएको छ । 


अमेरिकी विदेशमन्त्री पम्पेओले वार्तामा ‘ग्याङस्टर’ जस्तो व्यवहार गरेको उत्तर कोरियाले आरोप लगाउँदै आएको छ । 


उत्तर कोरियाली राष्ट्रपति किम र अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्मबीच गत जुनमा सिङ्गापुरमा भेट भएपछि बार्ताको लागि अमेरिकी विदेश मन्त्री माइक पम्पेओ निशस्त्रिकरण वार्ता गर्न प्योङयाङ पुगेका थिए । 


तर वार्ताले ठोस रुप लिन नसेकपछि एकले अर्कालाई आरोप–प्रत्यारोप गरिरहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex