काठमाडौं । नेपाल आयल निगमले सोमबार राती देखि लागु हुने गरी पेट्रोल, डिजेर र मट्टितेलको मूल्य बढाएको छ ।
पेट्रोलमा २ रुपियाँ डिजल तथा मट्टितेलमा रु ३ रुपैयाँ बढाएको हो । बढेको मुल्य अनुसार अव पेट्रोल पेट्रोल १ सय १४ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ ।
इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य अनुसार निगमको घाटा १ अर्ब ३ करोड रुपैयाँ पुगेपछि निगमले मूल्य बढाएको जनाएको छ ।
आइओसीले पठाएको नयाँ मूल्य अनुसार निगमलाई पेट्रोलमा ४ रुपैयाँ ४४ पैसा र डिजलमा ५ रुपैयाँ १२ पैसा घाटा थियो ।
Categorized in बजार