काठमाडौं । बलिउड सुपरस्टार आमिर खान अभिनित बहुप्रतिक्षित चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को फस्ट लुक लोगो सोमबार सार्वजनिक गरिएको छ ।
लोगो सार्वजनिक भएको केही घण्टैमा लाखौले हेरेपछि लागोको चर्चा भएको छ । भोली (मंगलबार) देखि ६ दिनसम्म एक÷एक पात्रको पोष्टर रिलिज हुने भएको छ ।
यही ८ नोभेम्बरमा रिलिज हुने डेट सो लोगोमा देखिन्छ ।
फिल्मले ३ हजार करोड कमाउने अनुमान गरिएको छ । यशराज चोपडाको व्यानरमा निर्माण भएको यस फिल्म २ सय बर्ष पुरानो कथामा आधारित छ ।
व्रिटेनको लेखक फिलिपले त्यसबेला भारतमा अंग्रेजको शासन रहेको बेला भारतका ठगहरुले अंग्रेजहरुलाई गरेको हत्या विषयमा आधारित सत्य घट्ना बनेको फिल्म हो ।
Categorized in मनोरन्जन