काठमाडौँ । प्रिमियर इन्सोरेन्सले मोवाईल सुरक्षाको लागि मोवाईल बीमा योजना ल्याएको छ ।
‘प्रिमियर इन्स्योरन्स’ र ‘मेरो सुरक्षा प्रा.लि’ विच मोवाईल बीमा योजनामा सहभागी हुनेको मोवाईल बीमा गराउने उदेश्यले एक कार्यक्रम विच बैंकिंङसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवार र प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले मोबाइल बीमासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार मेरो सुरक्षाको मोबाइल सुरक्षा योजनामा सहभागी हुने सेवाग्राहीले प्रयोग गर्ने मोबाइलको बीमा प्रिमियर इन्स्योरेन्सले गर्नेछ । यसअघि मोबाइल सुरक्षा योजनाका रुपमा मात्र शुरु भएको सेवा अब मोबाइल बीमामा रुपान्तरण भएको हो ।
मोबाइल फुटेमा, आगो वा पानीले मोबाइलमा भौतिक क्षति पुगेर नचल्ने भएमा, हराएमा वा चोरी भएमा मेरो सुरक्षाले पहिलेको मोबाइलको डाटासहित नयाँ मोबाइल सेट उपलब्ध गराउने मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत सुनुवारले जानकारी दिएका छन् ।
हालसम्म मोबाइल सुरक्षा योजना २५ हजार बढीले खरीद गरिसकेका छन भने मेरो सुरक्षाको मोबाइल एप ४० हजारभन्दा बढी डाउनलोड भइसकेको छ ।
Categorized in प्रबिधि