काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महिला हिंसा बढ्नुमा मदिरा, लागुपदार्थ र इन्टरनेटको गलत प्रयोगको कारण भएको बताएको छ ।
गृहमन्त्री थापाले महिला हिंसा न्यूनिकरणको लागि विशेष कार्यक्रम ल्याउने समेत बताएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीसँगको छलफलमा उनले सो कुरा बताएको हो ।
सोमबार भएको सो छलफमा मन्त्री थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या र बलात्कारको घटनाको दोषीहरुलाई समातेर छाड्ने प्रतिवद्धता व्यक्त गरे ।
Categorized in समाज