१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सुडानमा नेपाली सेनामाथि गोली प्रहार


प्रकाशित: सोमबार, १ असोज २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । दक्षिण सुडानमा नेपाली सेनाका एक जवानमाथि गोली प्रहार भएको भएको छ । 


परिचय नखुलाएको ती सैनिकको खुटाको गोलीगाँठोमा गोली लागेको हो । उनको राजधानी जुवामा ल्याएर उपचार भईरहेको जनाएको छ । 


हाल उनको अवस्था सामन्य रहेको छ । 


संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा दक्षिण सुडान पुगेका नेपाली सेनाका एक जवानमाथि आइतबार स्थानीय समयअनुसार बिहान साढे ८ बजे गोली प्रहार भएको हो । 


दक्षिणी सुडानको येइ भन्ने स्थानमा रहेको नेपाली सेनाको कम्पनी अपरेटिङ बेशबाट दैनिक रूपमा पानी ढुवानी गर्न गएको प्याट्रोलबाट फर्कने क्रममा उनीमाथि गोली प्रहार भएको हो । 
उनीमाथि पिपुल्स लिबरेसन आर्मीका जवानले गोली हानेका हुन । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex