श्रीघःको नामले परिचित काठमाडौं नःघलस्थित श्रीशान्तिघट बज्रधातु महाविहार सर्वसंघबाट गठित संरक्षण समितिको दोश्रो वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार ललितपुरमा विभिन्न सम्मान प्रदान गर्दै समितिको वार्षिकोत्सव सम्पन्न भएको हो ।
कार्यक्रममा सर्वसंघ परिवारले वर्षेनी श्रीघलमा गुँला महिनाभर तुतः पाठ गर्नेमध्ये बढि दिन उपस्थित हुनेहरुलाई मायाको चिनोसहित सम्मान गरियो । त्यसैगरी वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरका सुपुत्र विशेष शाक्यलाई एस इ इ परिक्षा उत्तीर्ण भएकोमा सम्मान गरियो ।
साधारण सभामा संरक्षण समितिका सचिव पुरण शाक्यले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष कमल शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
मन्तव्य राख्ने क्रममा शाक्य महाविहार संघका महासचिव संघरत्न शाक्यले काठमाडौंमा १८ विहार भएको बताउँदै १० वटा विहार संगठित भई शाक्य महाविहार गठन भएको जानकारी दिनुभयो । शाक्य फाउण्डेशनका अध्यक्ष अमीरमान शाक्यले तथागत बुद्धका वंशज भनेर शाक्यहरुले गर्व गर्नुपर्ने विचार राख्नुभयो ।
Categorized in समाज