काठमाडौं । घोराही उपमहानगरपालिका –१३ बडहरा बस्ने २७ वर्षीय बीरबहादुर चौधरीलाई मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल १ थान, म्याग्जिन १ थान र ४ राउण्ड गोली सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका– १५ स्थित घोराही तुल्सीपुर सडकमा प्रहरीले जाँच गर्ने क्रममा चौधरीलाई पाईन्टको बेल्टमा लुकाई छिपाई राखेको उक्त हतियार सहित प्रहरीले फेला पारी पक्राउ गरेको हो । चौधरी सवार रा।४ प २४६६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in समाज