१२ भाद्र २०८३, शुक्रबार
Header

यसपाली इन्द्रजात्रामा दशअवतार अनिश्चित


प्रकाशित: २०७५ भाद्र २९
- करुण

इन्द्रजात्रामा प्रदर्शन गरिने दश अवतार नाटक आर्थिक समस्याका कारण वन्द हुने अवस्थामा पुगेको छ । इन्द्रजात्राको दशअवतार प्रदर्शनका लागी उपलब्ध रकम अपुग भएको र समस्या समाधानको लागी सम्बन्धित निकायबाट पहल नभएको हुँदा दशअवतार किन बन्द नगर्ने भन्दै दशअवतार प्रदर्शन तथा प्रवद्र्धन समाजले इन्द्रजात्रा व्यवस्थापन समिति र दशअवतार गुठीलाई पत्र बुझाएका छन् ।
 

समाजको टोलीले इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्य र गुठीका अध्यक्ष दिपकप्रसाद श्रेष्ठलाई वसन्तपुर कुमारी घरमा भेटेर पत्र बुझाएको हो । पत्र बुझाएसँगै यसपाली इन्द्रजात्रामा दशअवतार प्रदर्शन हुने हो वा होइन भन्ने अन्यौल भएको छ ।
 

नाटक संचालनका लागी आफुहरुले निकै थोरै रकम पाउँदै आएको समाजले बताएका छन् । अहिले पाउँदै आएको रकम अपुग भएर आफुहरुले खल्तीबाट समेत पैसा हालेर जात्रा संचालन गर्नुपर्ने अवस्था रहेको उनीहरुको भनाई थियो ।
 

इन्द्रजात्रा जतिकै प्राचीन यस दशअवतार नाटक संचालन गर्न जम्मा ६० हजार रुपैयाँ पाउँदै आएको समितिका पर्यवेक्षक राजन शाहीको भनाई छ । गएको वर्ष आफुले पढाउँदै आएको विद्यालयबाट रु. २५,०००/– सहयोग मागेर जात्रा संचालन गरेको पनि शाहीले जानकारी दिनुभयो । 
 

जात्रा अवधिभर सो नाटक देखाउन कलाकारको पारिश्रमिक र श्रृङ्गार आदिको लागी मात्रै दिनको कम्तिको ८ हजार रुपैयाँ खर्च आवश्यक रहेको समितिले जनाएको छ । खाजा, यातायात, प्रकाश लगायतका प्राविधिक पक्ष, अन्य सांस्कृतिक पक्ष बसै जोड्दा ८ दिन जात्रा संचालनको लागी कम्तिमा ३ देखि ५ लाखसम्मको रकम आवश्यक रहेको समितिको दावी छ ।
 

यस विषयमा इन्द्रजात्रा व्यवस्थापन समिति र दशअवतार गुठीलाई पटक पटक जानकारी गराउँदा पनि आवश्यक पहल नभएकोले आफुहरु दशअवतार बन्द गर्ने मनसायमा पुगेको समाजका अर्का पर्यवेक्षक शिव मानन्धरले बताए । आफुहरुले नै बाहिरबाट सहयोग जुटाउने भन्दापनि सम्बन्धित पक्षले चासो नदेखाएको भन्दै समितिले असन्तुष्टि पोखेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex