५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

महानगरले अब सहर जेट मेसिनबाट सफाई गर्ने


प्रकाशित: शनिबार, ३० भाद्र २०७५, १९ः१२ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरले विश्व सरसफाई दिवशको अवसर पारेर शनिवार सहर सफा गर्न ५ वटा जेट मेसिन सञ्चालनमा ल्याएको छ । 


५००० हजार लिटर क्षमतको जेट मेसिन १३० हर्षपावर क्षमता र युरोमापदण्ड ४ बमोजिम रहेको छ । 


जेट मसिनले सफा र फोहर दुवै पानी बोक्छ । जेट मेसिनले ४ हजार लिटर सफा पानी र १ हजार लिटर ढलको फोहोर पानी राख्ने टयांकी छ ।  


ढलको पानी सानो टयांकीमा राखेर ठुलो टयांकीमा भएको पानीले सफा गर्ने काम गर्दछ । 


जेट मेसिनले जाम भएको ढलहरु चाँडै खोल्नुका साथै यसमा भएको स्प्रे मेसिनको सहयोगले विरुवा पनि सफा गर्न सकिन्छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex