काठमाडौं । प्रदेश ३ को संसदीय बैठकले राजधानीको तोक्न सम्भाव्यता अध्ययन गर्न एक विशेष समिति गठन गरिएक्रो छ ।
समितिमा एमालेबाट दीपक निरौला, सरस्वती बस्नेत, विजय सुवेदी, वसन्त मानन्धर, प्रदीपकुमार कटुवाल क्षत्री सदस्य रहेका छन् । माओवादीबाट विशाल खड्का र जगत शिंखडा, कांग्रेसबाट छिरिङ दोर्जे लामा र प्रभात तामाङ रहेका छन् ।
यस्तै विवेकशील साझा पार्टीबाट विराजभक्त श्रेष्ठ, नेमकिपाबाट सुरेन्दराज गोसाई, राप्रपाबाट रिता माझी, राप्रपा प्रजातान्त्रिकबाट रिना गुरुङ सदस्य रहेका छन् ।
एक महिनाको समय पाएको सो समितिले अध्ययनको लागि यथासिघ्र काम अघि बढाउने भएको छ । यस अघि प्रदेश ३ का पूर्वाधार मन्त्री केशव स्थापितले सबैलाई सहज हुने स्थानमा राजधानी सार्ने वताएका थिए ।
Categorized in राष्ट्रिय