२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

सिरहामा गोली फायर गरी ३ लाख नगद, मोटरसाईल र मोवाईल लुटपाट


प्रकाशित: शुक्रबार, २९ भाद्र २०७५, १३ः२९ बजे
- महानगरखबर

काठमाडौं । अज्ञात व्यक्तिको एक समुहले बिहीबार सिराहमा एक राउण्ड गोली फायर गरी नगद, मोटरसाईकल र मोवाईल लुटपाट गरेको प्रहरीले जनाएको छ ।


सृजना सामुदायिक सहकारी संस्थाका २ जना कर्मचारीले किस्ता रकम उठाई ल्याएको संस्थाको नगद ३ लाख ९३ हजार रुपैयाँ, स.४ प ८५३५ नम्वरको मोटरसाइकल, मोवाइल २ थान र कागजपत्र लुटपाट भएको हो । 


सिराहा नगरपालिका–२२ मैनिबती खोलामा अर्नामा गाउँबाट संस्थाको किस्ताको पैसा उठाई सिराहातर्फ फर्कने क्रममा नम्वर नखुलको मोटरसाइकलमा आएका ४ जना अपरिचित ब्यक्तिहरुले १ राउण्ड गोली फायर गरी उक्त धनमाल लुटेको बताइएको छ । 


घटनास्थलमा गोलीको खोका १ थान बरामद भएको छ । फरार लुटेराहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika