काठमाडौं । वीरगञ्ज महानगरपालिका मेयर विजय सरावगीले संघीय समाजवादी फोरमबाट राजीनामा दिएका छन ।
मेयर सरावगीले पार्टीले महानगरपालिकाको काममा अनावश्यक दवाव दिएको भन्दै उनले समाजिक सञ्जाल ह्वाट्सएपबाटै नेतृत्वालाई राजीनामा पत्र पठाएका छन् ।
फोरमबाट मेयरमा निर्वाचित सरवागीलाई केही समययता महानगरका विभिन्न काममा दवाव आउन थालेपछि राजीनामा दिने निर्णयमा पुगेका थिए ।
उनले नेतृत्वलाई भेटेर पनि पार्टीबाट राजीनामा दिएको पत्र बुझाउने उनको तयारी समेत गरेको छ ।
यता, फोरमका नेताहरुले भने मेयर सराबगीले एक वर्षमा पनि प्रभावकारी रुपमा काम गर्न नसकेको भनाई छ ।
मेयर सरावगीले पार्टीबाट नगर प्रमुख भएपनि मेरो काँधमा सम्पूर्ण नगरबासीको जिम्मेवारी भएकोले पार्टीको मात्र कुरा सन्न नसकिने भनाई राखेका छन् ।
Categorized in समाज