२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

हिन्दु नारीहरुले आज देशभर ऋषिपञ्चमी मनाउँदै


प्रकाशित: शुक्रवार, २९ भाद्र २०७५, ०८ः१५ बजे
- महानगरखबर

काठमाडौं । नेपाली हिन्दु नारीहरुले आज देशभरी सप्त ऋषीको पूजा आराधना गरी मनाउँदैछन । 


महिलाहरुले आज विहानको समयमा नजिकको खोला, नदी, पोखरी, तालमा गई नुहाउने तथा २६५ वटा दत्तिवनले दाँत माँझ्नो धार्मिक परम्परा रहेको छ । 


नदीमा गएर महिलाहरुले आजको दिन गाईको गोबर, माटो र खरानी प्रयोग गरि नुहाउने गर्नाले दोष निवारण हुने भनाई छ । 


सप्तऋषिको पूजा गर्ने पञ्चमीका दिन भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।


स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाइ एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।


आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाअर्चनाका लागि श्रद्धालु महिलाहरुको भीड लाग्ने गर्दछ ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika