४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

निर्मला हत्या प्रकरणमा निलम्बित एसपी बाबुछोरासँगै मेयरका भतिजाको डिएनए परिक्षण


प्रकाशित: विहिबार, २८ भाद्र २०७५, १८ः५६ बजे
- महानगरखबर

काठमाडौं । निर्मला पन्तको हत्या प्रकरणमा अनुसन्धानमा ढिलाई गरेको आरोपमा निलम्बित भएका एसपी डिल्ली विष्ट, उनका छोरा किरण बिष्ट र भीमदत नगरपालिकाका मेयरका सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षणको लागि नमुना संकलन गरिएको छ ।


शिक्षण अस्पताल महाराजगञ्जका फोरेन्सिक विज्ञ प्रध्यापक डा. हरिहर वस्तीको टोलीले डिएनए परिक्षणका लागि रगतको स्याम्पल लिई प्रहरीलाई बुझाएको छ ।


यस अघि हत्या आरोपी भनिएका दिलिप सिंह विष्टको डिएनए परीक्षण गर्दा नेगेटिभ देखिएपछि उनी मंगलबार रिहा भएका थिए । 


त्यसैगरी सोही घटनामा पक्राउ परेका निर्मलाकी साथी रोशनी र उनकी दिदी बबिता बम पनि मंगलबार छुटेका छन् ।


निर्मलाका बाबुमा हिजो न्यायाको माग गर्दै काठमाडौं आईपुगेका छन् ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex