काठमाडौं । बन्धक बनाई राखेको अवस्थामा मोरङमा एक महिलाको प्रहरीले बुधबार उद्धार गरेको छ ।
जिल्लाको सुन्दर हरैचा नगरपालिका ११ घर भएकी २८ बर्षिया सानु घिमिरेलाई अपहरण मुक्त गरेको हो । उनलाई सुनसरीको इटहरी नगरपालिकास्थित रिलाईन्स फ्याक्ट्रीबाट काम गरेर फर्केका अवस्थामा अपहरणमा परेका थिए ।
उनलाई मंगलबार मोरङ सुन्दर हरैचा नगरपालिका–१ बस्ने ३८ वर्षीय मोहन पोख्रेले अपहरण गरेको थियो ।
प्रहरीले महिलालाई बन्धक बनाई राखेको अभियोगमालाई पोख्रेललाई बुधबार मोरङ बबिया बिर्ताबाट पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in समाज