८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

ज्यापु समाजद्धारा रजतजयन्तीको अवसरमा वाकाथानसँगै तेक्वाण्डो प्रतियोगीता गरे


प्रकाशित: विहिबार, २८ भाद्र २०७५, १२ः५७ बजे
- रवि महर्जन

ज्यापु समाज यलको हुन गईरहेको नवौं महाधिवेश तथा रजतजयन्तीको अवसरमा बुधवार पाटनमा वाकाथान प्रतियोगिता सम्पन्न भएको छ । 


समाजको रजतजयन्तीको व्यापक प्रचार प्रसारको लागि बुधबार राष्ट्रिय चर्चित धावक बैकुण्ठ मानन्धरको प्रमुख आतिथ्यमा वाकाथुन प्रतियोगीता सम्पन्न भएको आयोजकले जनाएको छ ।

 

 

 

सो वाकाथुन प्रतियोगितमा सहभागीहरुले पाटन मंगलबजारको विभन्न स्थानहरु परिक्रममा गरेको थियो । 


त्यसैगरुी सो अवसरमा ज्यापु समाज यलको खेलकुद उपसमिति ज्यापु तेक्वाण्डो डोजाङको आयोजनमा तेश्रो उपत्यकाव्यापी ज्यापु मैत्रीपूर्ण तेक्वाण्डो खेल प्रतियोगिता पनि सम्पन्न गरेका छ । 


तेक्वाण्डो प्रतियोगितामा ९६ जना खेलाडीहरुले सहभागी जनाएको थियो । 


खेलमा पुरुषतर्फबाट २३, ३३, ३६, ३८, ४३, ५०  र ५४ केजी समूह रहेका छन भने महिलातर्फ २५, ३६ र ४८ केजी तौल समूहले भाग लिएका थिए । 

 

 

 

प्रतियोगिताको फाईनल खेलमा बिजेताहरु 
२३ केजी समुह तर्फ सलिन तामाङ (सगरमाथा स्कूल), अतिश खुलाल (न्यू जावलाखेल), आदर्श भिङ्ग (काभ्रेस्थलीं) र योगेश पुनमगर (खुमल)
३३ केजी समुह अन्तर्गत प्रज्ज्वल परियार (न्यू जावलाखेल), फिरोज कार्की (चुनदेवी), समीर थापा मगर (खुमल) र भुपेन्द्र सिंह (आमाघर)
३६ केजी समुह अन्तर्गत सागर घिमिरे (ह्यापी), युवराज लामा (न्यू जावलाखेल), विवश प्रजापति (काभ्रेस्थली) र अमीर लामा (ज्यापु समाज)
३८ केजी समुह अन्तर्गत कृष्ण सुनुवार (खुमल) निरज बि.क (९हरिसिद्धि), देवराज लामा (ज्यापु समाज) , र विकेश राई (शंखमुल)
४३ केजी समुह अन्तर्गत  विकास महर्जन (ज्यापु समाज), विशाल कुमार जिरेल (चुनदेवी), राजकुमार गुरुङ (हरिसिद्धि) र दिलीप कार्की (ज्यापु समाज)
५० केजी समुह अन्तर्गत प्रियान्स महर्जन (ज्यापु समाज), विमल मगर (ज्यापु समाज), दिपेश राई (ओरायकल) र सुदिप तिख्ता (सगरमाथा स्कूल)
५४ केजी समुह अन्तर्गत अर्जुन थापा (माइती नेपाल), विक्रम आले (मैत्री)  धिरज सिन्ताल (ज्यापु समाज) र निरज कँडेल (सगरमाथा स्कूल)


महिला तर्फ
२५ केजी समुह अन्तर्गत ममता बुढाथोकी (नेपाल आराधना), जुनु पाख्रिन (ज्यापु समाज), जमुना बि.क. (आमाघर) र रमना कुमाल (माइती नेपाल)
३६ केजी समुह अन्तर्गत दीक्षा घर्तीमगर (चुनदेवी) ज्योती मगर (आमाघर) लजिता तामाङ (माइती नेपाल) र रोसिना तामाङ (आमाघर)
४८ केजी समुह अन्तर्गत सगुन बलामी (मैत्री), सपना नेपाली (नेपाल आराधना), आशिका महर्जन (ज्यापु समाज) र जेनुका (आमा घर) 


विजेताहरुलाई ज्यापु समाजका अध्यक्ष प्रेम महर्जनले प्रमाणपत्र वितरणसँगै सम्मान गरेका थिए । 


त्यसैगरी, आज नेपाल भाषा अगुवा, राजनीतिज्ञ, आदिवासी जनजाति आन्दोलन नेता तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरलाई विशेष सम्मान गरिने कार्यक्रम समेत रहेको जनाएको छ । 


तस्वीर ः महानगरखवरको लागि रवि महर्जन


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex