काठमाडौ । रक्सीले मातेका एक व्यक्तिले पोखरामा ७० बर्षिय बृद्धाको बलात्कार गरेको उनका आफन्तहरुले प्रहरीलाई किटानी जाहेरी दिएका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर ३१ नहरचोककी वृद्धालाई छिमेकी ४५ बर्षिय रेवतीरमण पाण्डेले बलात्कार गरेको बृद्धाको आफन्तको आरोप रहेको छ ।
बुधवार दिउँसोको समयमा पाण्डले बृद्धालाई घरमै बलात्कार गरेको स्थानीयको भनाई रहेको रहेको छ ।
प्रष्टसँग बोल्न र आँखा समेत देख्न नसक्ने भईसकेकी बृद्धामाथि बलात्कार गरेर पाण्डे फरार भएको प्रहरीले बताएको छ ।
यता पाण्डको परिवारजनले भने यस घट्नालाई उनावश्यक आरोप भएको बताएका छन् । उनीहरुले पाण्डेलाई प्रहरी समक्ष बुझाउने बताएका छन् ।
प्रहरीले बृद्धा महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वृद्धाको स्वास्थ्य परीक्षण गराएपनि रिपोर्ट नआएको बताएको छ ।
Categorized in समाज