काठमाडौं । संयुक्त बजार अनुमगन टोलीले रुपेन्देहीमा ३ वटा पेट्रोल पम्प सिलबन्दी गरेको छ ।
अनुसन्धानको क्रममा बुधवार जिल्लाको ओमसतिया र रोहणी गाउँपालिका अन्तर्गत पर्ने हुलाकी राजमार्ग अन्तर्गतका पेट्रेल पम्पको छड्के निरक्षणको क्रममा अपचलन गरिएको पाइएपछि सिलबन्दी गरेको हो ।
टोलीले सुरज आयल डिष्ट्रिव्युटर्स, रोहिणी गाउँपालिकामा पर्ने जय माँ दुर्गे आयल स्टोर्स धकधई र न्यु एभरेष्ट आयल सप्लायर्समा शिलबन्दी गरेको टोली रुपन्देहीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताएका छन् ।
सीमा क्षेत्रमा पर्ने यी पेट्रोल पम्पहरुले नेपाली सवारी साधानहरुलाई तेल छैन भन्दै भारतीय सवारी साधनहरुलाई भने चाहे जति पेट्रोल डिजल दिएको पाईएको थियो ।
नेपाली बजारमा पेट्रोलिय पर्दाथ अभाव देखाउँदै यी पेट्रोल पम्पहरुले भारतीय बजारमा पेट्रोलियम पदार्थ अनाधिकृत रुपमा पैठारी गरेको सुचना पाएपछि अनुगमन गरिएको हो ।
Categorized in बजार