४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

विभिन्न जिल्लामा करेन्ट लागेर ४ जनाको मृत्यु


प्रकाशित: बुधबार, २७ भाद्र २०७५, १९ः०५ बजे
- महानगरखबर

काठमाडौं । तनहुँ, दाङ, धनुषा र म्याग्दीमा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ । 


प्रहरीका अनुसार तनहुँ सुन्दर नगरपालिका–२ हाडीटारका २१ बर्षिय गौरब कुमालको बुधवार करेन्ट लागेर मृत्यु भएको छ । 


हाल भानु नगरपालिका–१ बस्ने अप्टिकल फाईबरको काम गर्ने कुमाल बुधबार बन्दीपुर नगरपालिका–१ चिसापानीमा बिजुलीको पोल नजिकै फाइबरको काम गर्ने क्रममा करेन्ट लागेको थियो । उनलाई लक्ष्मी अस्पताल डुम्रेबाट दमौली पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । 


त्यसैगरी दाङ तु्ल्सीपुर उपमहानगरपालिका–१८ कटटुईया बस्ने १८ वर्षीय कविल डाँगीको करेन्ट लागेर बुधबार मृत्यु भएको छ ।  


छिमेकी विष्णु भण्डारीको घरमा रहेको पानीको कुवाबाट मोटर लगाई पानी तान्ने क्रममा करेन्ट लाग्दा उपचारको लागि राप्ती अंचल अस्पताल तुल्सीपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 


धनुषा गणेशमान चारनाथ नगरपालिका–४ बीरेन्द्रबजार स्थित आफ्नै घरमा पान पसल गरी बस्ने ४५ वर्षीय अशोक गुप्ताको करेन्ट लागेर मृत्यु भएको छ । 


आफ्नै पसलको छतमाथी चढि पसलको फ्याक्स बोर्ड मिलाउने क्रममा हाईटेन्सन लाईनको तारमा उक्त फ्याक्स बोर्डले छुन जाँदा करेन्ट लागेपछि घाईते भएकोमा उपचारको लागि सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । 


म्याग्दी रघुगंगा कारण गाउँपालिका–८ ध्यासीखर्क बस्ने ५३ वर्षीया मनमाया छन्त्यालको करेन्ट लागेर मृत्यु भएको छ । 


गएराति घरबाट बाहिर निस्किएको अबस्थामा घर नजिकै रहेको बिजुलीको पोल ढलेर करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

 
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex