काठमाडौ । राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतको आसाममा गएको भुकम्पले नेपालको पूर्वी भागमा धक्का महसुस भएको जनाएको छ ।
मापन केन्द्रका अनुसार भूकम्पका कारण नेपालका पूर्वी जिल्लामा धक्का महसुस भएको हो ।
भारततीय सञ्चारमाध्यमले आसाममा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको प्रारम्भिक रिपोर्ट आएको जनाएका छन ।
भूकम्पको महसुस बंगलादेशका केही स्थानमा पनि भएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय