काठमाडौँ । नेपाल प्रहरीेले गत बैशाखदेखि साउनसम्म भन्सार छली गरी ल्याएको ११ करोड ९५ लाख ५२ हजार रुपियाँ बराबरको समान बरामद गरेको छ ।
प्रहरीले विभिन्न शीर्षकमा ३८ करोड ९७ लाख ११ हजार राजश्व सङ्कलन गरेको छ ।
वैशाखदेखि साउनसम्मको अवधिमा ३१ करोड ८९ लाख सात हजार राजश्व सङ्कलन भएको प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए ।
यस अवधिमा ३०६ सवारीसाधानका धनी र चालकलाई कारवाही गरी ६ लाख ११ हजार जरिवाना रकम संकलन गरेको छ ।
गत वर्षको चार महिनामा पाँच लाख २६ हजार ६६४ सवारीसाधनका धनी तथा चालकलाई कारबाही गरिएको थियो ।
प्रहरीले चार महिनामा एक हजार ९१९ किलो गाँजा बरामद गरेको छ ।
Categorized in बजार