काठमाडौं । नवलपुरको गैडाकोट नगरपालिकाका मेयरले हिसाव विवरण हेर्न नदिएको भन्दै उपमेयर विष्णु कँडेलको नेत्वमा आएको टोलीले नगरपालिकामा ताला लगाईदिएको छ ।
उपमेयरको कँडेलको टोलीले मेयर छत्रराज पौडेल र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
उममेयर कँडेलले गत आर्थिक बर्ष असार महिनाको खर्च विवरण हेर्न भनी लिखित र मौखिक माग गरेपनि हिसाव नदिएपछि तालाबन्दीमा उत्रेको हो ।
उममयेर कँडेलले मेयर पौडेल र प्रशासकिय अधिकृत आचार्यको नगरपालिकामा मनपरी रहेको अरोप लगाएकी छिन् भने नगरपालिका मेयर पौडेलले भने नगरपालिकामा उममेयरले बदमासी गर्न नपाएपछि तालाबन्दी गरेको बताएका छन् ।
Categorized in समाज